Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

समीक्षा अधिकारीले दिइन् आफ्नो चरित्रहत्या गर्नेविरूद्ध साइबर ब्युरोमा उजुरी

गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

एआईको दुरूपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरेपछि २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जानकारी दिइन् ।

शनिबार बेलुका उनले उजुरी दिएको विवरण समेत सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएकी छन्। सस्तो लोकप्रियता कमाउने उद्धेश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्न समेत उनले अनुरोध गरेकी छन् ।