गायक कुशल ढकाल र मिलन नेवारको स्वरमा 'तिम्रो याद'मा बोलको गीत सार्वजनिक भएको छ। भिडियो कुशल ढकाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सुदिप लुईटेलको शब्द र गायक कुशलकै संगीत रहेको उक्त गीतमा सरोज बिष्टको एरेञ्ज रहेको छ। प्रवेश सिंहको निर्देशन रहेको भिडियोमा सुनिल लो, अनिता सुनार र पूजा अधिकारीको अभिनय रहेको छ।
प्रेम प्रसङ्ग समेटिएको उक्त गीतमा माया-प्रेमका कुरालाई दर्शाउदै प्रेमको दुई पक्षलाई देखाइएको छ। एउटा प्रेमीले प्रेमीकालाई दुखी देख्न नसक्नुको भावलाई प्रष्ट पारेको छ। उक्त गीतमा प्रेमी मृत्युको अन्तिम चरणमा पुग्दा समेत प्रेमीकालाई खुसी देख्न चाहने हुँदा आफ्नो समस्या कसैलाई नभन्नु भन्दै एक महिलासंग व्यक्त गरेको देखाइएको छ। त्यही क्रममा प्रेमीकाले दुवैजनालाई एकआपसमा कुराकानी गरिरहेको देख्दा प्रेममा धोकाको महशुस गरेकी छिन्।उक्त गीतमा प्रेमीका प्रेमीको यादमा हराउदै रुदै बसेकी छिन् ।
गायक कुशल ढकालको लाली ओठले तिम्रो, चिनजानी भएको छैन र सुखी भएर जस्ता थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।
भिडियोमा हेर्नुहोस् गायक कुशल ढकाल र मिलन नेवारको आवाजमा रहेको तिम्रो यादमा ।