Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ २०२४ सम्पन्न

क्रोएसियाको लघु फिल्म ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’ देखाउँदै १२ औं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ २०२४ सम्पन्न भएको छ । बिहीबार एक विशेष समारोहकाबीच अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । 
चलचित्र विकास बोर्डको हलमा आयोजना भएको यो महोत्सवमा विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भएका अधिकांश फिल्म प्रतिस्पर्धिहरुलाई सम्मान गरिएको छ  ।

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी फिक्सन अवार्ड जितेको फिल्म ‘अल वी इमाजिन एज लाइट’ यो महोत्सवको आकर्षण केन्द्रमा रहेको थियो । कान्सकै सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘द म्यान हु कुडनट रिमेन साइलेन्स’, बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड विजेता ‘एन आउटरन’, बर्लिनकै जेनेरेसन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’ र ‘ओटिट’जस्ता फिल्म यो महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट डकुमेन्ट्री प्रतिस्पर्धामा ‘हाउ टू प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएका छन् । सामाजिक न्यायको मुख्य थिममा आयोजना भएको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन भएको थियो ।