Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘बुलाकी’ लाई उत्कृष्ट चलचित्र राष्ट्रिय पुरस्कार

विपिन र स्वस्तिमा उत्कृष्ट कलाकार

२०८० को उत्कृष्ट चलचित्र अवार्ड ‘बुलाकी’ लाई प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा ‘बुलाकी’ लाई उत्कृष्ट चलचित्र घोषणा गरिएको हो ।

अभिनेतातर्फ विपिन कार्की ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री तथा ‘दिमाग खराब’ बाट उत्कृष्ट निर्देशक निश्चल बस्नेत भएका छन् । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरेका छन् ।

उत्कृष्ट सम्पादक महाजात्राबाट मित्र डी गुरुङलाई प्रदान गरिएको छ भने उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र लोजिमा ९लिम्बू भाषा० भएको छ ।

हेर्नुस् अरु विजेताहरुको नाम
निर्णायक समिति प्रोत्साहन पुरस्कार

अभिनेत्री– स्वस्तिमा कार्की (टुल्की)

व्यावसायिक चलचित्र– जारी (विसं २०८०)

विशेष योगदान सम्म्मान

त्यैयव शाह – कलाकार

कृष्ण प्रसाद रायमाझी – प्रदर्शक

नारायण प्रधान – द्वन्द्व निर्देशक

विद्या कार्की – कलाकार

नरेन्द्र महर्जन – प्रदर्शक

नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार÷निर्माता

भोज बहादुर गुरुङ – निर्देशक ÷निर्माता

अमुल कार्की ढली – संगीत संयोजक

ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक

बुद्धि तामांग – कलाकार

सबिता गुरुङ – कलाकार

विशेष चलचित्र पुरस्कारः

सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मानः

चैत्यदेवी सिंह नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री