विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ। माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो।

नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो। ‘माटो सुधारस् परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ। सो नारामा आधारित रहेर बढीमा ४५ सेकेन्डको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ। सो भिडियो [email protected] मा पठाउनुपर्ने छ। यो भिडियो यही मङ्सिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ।
प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ। डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ।