Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’

गायिका पुर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन् । 

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका  छन् । 

प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।