लोकगायक अर्जुन सापकोटाले वैवाहिक बन्धनमा बाँधिएका छन् । दुई वर्षको प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्दै अर्नुनले दिपा सिंम्खडालाई घर भित्र्याएका हुन् ।
उनीहरूको विवाह समारोह काठमाडौं गंगबुस्थित एक ब्यांक्विटमा जारी छ । दिपा कलाकारिता क्षेत्र भन्दा बाहिरी हुन् । उनी काठमाडौं बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।
विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी छन् । गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् । उनी मोडलिङ समेत गर्छन् ।