Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

बलिउड अभिनेता गोविन्दा गोली लागेर घाइते

बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरबाट खुट्टामा गोली लागेको छ । 

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’