Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छुः नवाजुद्दीन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् ।

नवाजले आफूले नेपाली फिल्ममा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए । उनले भने, ‘म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठूलो साहस चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।