Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । 

आज सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।