Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

राजन राज शिवाकोटी र मिना बर्तौलाको  सहकार्यमा ए दिदी भिनाजु खै बजारमा

गायक तथा संगीतकार राजन राज शिवाकोटी र गायिका शसिका राइको स्वरमा ए दिदी भिनाजु खै बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।

हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै गायक शिवाकोटीले आफ्नै शब्द शृजनामा सार्वजनिक गरेको भिडियोमा दिदीभाईको  प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।  भिडियोमा वर्ष दिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पिडा र आफ्नो भाईलाई भेट्दाको खुशीको क्षण  देखाइएको भिडियोले राम्रो चर्चा बटुलीरहेको निर्देशक  दिलिप समन बताउँछ्न । 

भिडियोमा  प्रमुख भूमिकामा मिना बर्तौला, गायक राजन राज शिवाकोटीको अभिनय देख्न सकिन्छ ।  त्यस्तै टेलिफिल्म  कान्छीमा सासुको भूमिकामा देखिएकी गीता थापा, शृष्टि उग्रकोटी , खेम नेपाली , सुनिल न्यौपाने ,सुनिल बुढाथोकीको  अभिनय देख्न सकिन्छ । देवेश राईको एरेन्ज रहेको सार्वजनीक गीतमा विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको हो ।