अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमाको विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।
उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो। फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
विपिनकी आमाको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । आमा बिरामी भएपछि विपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन बीचमै छाडेर काठमाडौँ आएका थिए ।
आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।