Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गीतकार, साहित्यकार कमला न्यौपानेको तीज गीत 'बरिलै आउदैन बार बार'को म्यूजिक भिडियो सार्वजनिक

यो वर्षको तीजलाई लक्षीत गर्दै सांगीतिक बजारमा गीतकार तथा साहित्यकार कमला न्यौपानेले यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत (बरिलै आउदैन बार बार) को म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

तीज नजिकिंदै गर्दा धमाधम तीजका गीतहरु बाजारमा आइरहेका बेला केहि गीतहरुले विकृति ल्याएका छन् भने यस्तो माह्वलमा भने गीतकार साहित्यकार कमला न्यौपानेले भने एकदम समसायिक तीज संस्कृतिलाई कुनै आँच नआउने गरि एकदम स्वच्छ र सबै परिवार बसेर हेर्दै तीजमा छम छम नाच्ने तीज गीत (बरिलै आउदैन बार बार) को म्यूजिक भिडियो बजारमा ल्याएकी छन् ।  

संगीतकार आलोकश्रीको संगीतमा तयार भएको नयाँ तीज गीत (बरिलै आउदैन बार बार)गीतलाई कुशल सिंहनेल,ले संगीत संयोजन गरेका छन् भने, गीतलाई गुञ्जन रेकर्डि स्टुडियोमा रेकर्ड गरिएको हो, गीतमा चर्चित गायिका बिन्दु परियारले आवाज दिएकि छन्,। गीतको भिडियोलाई भने तरंग द वेभ क्रियसन यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियोमा जुना कार्की र रिचा थापाको नृत्य सहित मनमोहक अभिनय देख्न पाइन्छ । भिडियोमा निर्देशन तथा नृत्य निर्देशन केशव राज भट्टले गरेका हुन् । छायांकन मान कृष्ण महर्जन, सम्पादन बिकाश दाहालको रहेको छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको कार्य गायक अनुप रेग्मीले गरेका छन् । भिडियोमा डा. प्रकाश न्यौपानेको लगानी रहेको छ ।

उक्त गीतको भिडियोमा गीतकार साहित्यकार कमला न्यौपानेको दिदि बहिनी, लुना अधिकारी,स्वीटी पौडेल,समिता पौडेल, समिक्षा पौडेल,लगायतले मिलेर गीतको भिडियोलाई स्पोन्सर गरेका छन् ।  हरेक तीजमा रमाइलो पाराले केही सन्देश दिन खोज्ने गीतकार साहित्यकार कमला यो पाली पनि चुकेकी छैनन् । सार्वजनिक भएको छोटो समयमानै उनको गीतलाई दर्शक तथा श्रोताले अत्यन्तै मन पराएको गीतकार कमलाको भनाइ छ ।

गीतकार कमलाको यसअघि पनि बडा रमाइलो (नाच्ने हो नचाउने) हो तीज गीतको भिडियोले दर्शक स्रोताको अत्यधिक माया पाएको थियो,। भने गीतकार कमलाका अन्य आधुनिक गीतहरु पनि चर्चामा रही आएका छन् । अहिले सार्वजनिक भएको रमाइलो तीज गीत (बरिलै आउदैन बार बार) ले पनि चर्चा कमाउनेमा म ढुक्क छु, भन्छिन गीतकार साहित्यकार कमला न्यौपाने ।

आउनुहोस हेरौं उक्त रमाइलो तीज गीतको म्यूजिक भिडियो । गीतकार, साहित्यकार कमला न्यौपानेको तीज गीत (बरिलै आउदैन बार बार) को म्यूजिक भिडियो सार्वजनिक ।