Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

यस कारण ‘सक्कली’ पुलिसको फन्दामा परे ‘सक्किगोनि’का ‘इन्स्पेक्टर’ आचार्यसहित ११ जना

हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा पुलिस बनेर अभिनय गर्ने कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना ‘सक्कली’ पुलिस (प्रहरी_ को फन्दामा परेका छ
न् ।

टेलिश्रृंखलामा बदमासी गर्नेलाई ठिक ठाउँमा ल्याउने कलाकार आचार्य आफै पुलिसकोमा पुगेका हुन् । कलाकार आचार्यसहित ११ जना काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् । उनी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर भएको स्रोतले जनाएको छ ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए ।

राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।