Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गणेश मन्दिरमा ‘लाइफ ड्यामेज’को शुभमुहूर्त

‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दैछन् ।

निमेष आफैंले अभिनेत्री सुरक्षा पन्तसँग चलचित्रमा स्क्रिन शेयर गर्दैछन् । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो ।  मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए।

LIFE DAMAGE FILM MUHURT2.jpeg

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहनेछ । यसै वर्ष रिलिज लक्ष्य राखिएको चलचित्रलाई निमेष श्रेष्ठ र इशा थापाले लेखेका हुन् ।

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले यो चलचित्र ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने बताए । चलचित्रको विषयबारे बोल्दै उनले भने, ‘अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ ।’

LIFE DAMAGE FILM MUHURT4.jpeg

यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ । 

LIFE DAMAGE FILM MUHURT1.jpeg