Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि

ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ । टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो ।

उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए। उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा  टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।

अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।