Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गीतासँग पान पुतली माया भन्दै रोमान्टिक बने सुनिल

गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको पान पुतली माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक गीतको भिडियो रिलिज गरेको हो । जसमा मोडलद्धय गीता  ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  

एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई आइतबार दर्शकका सामु ल्याएसँगै मोडल सुनिलले आफ्नो टिमले सक्दो मेहेनत गरेको र अब दर्शक श्रोताको सल्लाह सुझावको खाँचो रहेको बताए ।  त्यस्तै कार्यक्रममा बोल्दै गायक तथा संगीतकार शिवाकोटीले गीतको मेलोडी अनुसार भिडियो गज्जबको बनेको प्रतिक्रिया दिए ।

एक रोमान्टिक जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जहाँ गीता र सुनिल गज्जबसँग खुलेका छन् ।  सुनिल बुढाथोकीको सहायक निर्देशन ,रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन् । मिना  बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।