Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

दीपा र सुबासको ‘तिमी मेरो’मा रोमियो र रेखाको बेजोड प्रस्तुती (भिडियोसहित)

दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू र रेखा लिम्बूको अभिनय रहेको छ ।

राम केसी र जएदोन क्षेत्रीले छायाँकन गरेका छन् भने भिडियोको सम्पादन बिबी लिम्बूले गरेका हुन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो