लिम्बू संस्कृति मुलक चलचित्र लोजिमाले सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड राष्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ ले सम्मानित भएको छ । पुर्वसूचना तथा संचारमन्त्रि पार्वत गुरुङको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा काठमाडौंमा भएको उक्त भब्य कार्यक्रम भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको थियो । सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्डले लोजिमा टिमको मिहेनेत लगनशीलता र प्रतिभाको कदर भएको निर्देशक सागर सुब्बाले बताए ।
जीवन्त प्रेमकथा र लिम्बू भाषा संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसायोग्य छ । सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो ।
लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ । चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ ।
लोजिमा हेर्नुहुने अधिकांश दर्शक मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई बिभिन्न स्थानको दर्शकहरुले प्रश्न गर्ने गरेका छन्।
जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो । केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुनः चर्चामा आएका छन् । उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ।
लिम्बु सस्कृति मुलक चलचित्र लोजिमाले सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड राष्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ बाट सम्मानित् भएपछी निर्देशक सागर सुब्बाको उचाई अझ बढेको छ ।