Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

पल शाह सुटिङका क्रममा घाइते, कस्तो छ अहिले स्वास्थ्य अवस्था?

फिल्म ‘रावायण’ को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् ।

सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै जानकारी दिएका छन् ।

पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले शेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ ।

निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ । सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।