Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

मेनुका पौडेलको आँखाको शल्यक्रिया, दृष्टि फर्किने सम्भावना कती?

 तिलगंगा आँखा प्रतिष्ठानमा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो ।

वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार यो शल्यक्रिया दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै गरिएको हो ।

अर्थात् यसपछि पनि उनको दृष्टि भने फर्किने सम्भावना निकै कम छ । हाललाई शल्यक्रिया सफल भएको र निको हुन ६ साता लाग्ने बताइएको छ ।

यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ भने चस्मा लगाउनुपर्ने छैन ।