Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘ह्याप्पी पटेल’मार्फत कमव्याक गर्दै इमरान

फिल्म ‘जाने तु या जाने ना’बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान नौं वर्षपछि अभिनयमा कमव्याक गर्ने भएका छन् ।

पछिल्लो पटक सन् २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा अभिनय गरेका इमरान मामा आमिरको फिल्म ‘ह्याप्पी पटेल’बाट अभिनयमा कमव्याक गर्न लागेका हुन् । फिल्ममा वीर दासको निर्देशन रहनेछ ।

इमरानले फिल्मको सुटिङ सुरु गरेका छन् । उनले गोवाबाट फिल्मको काममा जोडिएका हुन् । फिल्ममा इमरानसँगै मोना सिंहको पनि अभिनय रहनेछ । 

 कमेडी जनराको फिल्ममा इमरानले ह्याप्पी पटेलको भूमिका निभाउनेछन् । वीर दासको यो डेब्यू निर्देशन फिल्म हो । फिल्म आमिरकै प्रोडक्सन हाउसले निर्माण गर्दैछ । फिल्ममा आमिरको केमियो भूमिका हुने भनिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।