Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सुनिता बुढा क्षेत्री र ओम प्रकाश केसीको 'कुक्क बाडुल्की लाग्यो' सार्वजनिक

चर्चित गायिका सुनिता बुढा क्षेत्री र गायक ओम प्रकाश केसीको 'कुक्क बाडुल्की लाग्यो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

एक्सन मिडियाको प्रस्तुतिमा कृष्ण प्रीय आचार्यको शब्द अनि खेम सेन्चुरीको लय रहेको गीतमा लोकप्रीय कलाकार ओवि रायमाझी र जुनु एस. डिको अभिनय रहेको छ ।

अजय रेग्मी र सरोज शाहिलले छायांकन गरेको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले कोरियोग्राफ गरेकी छिन भने प्रविन भट्टको सम्पादन रहेको छ ।

यस गीतको भिडियोलाई भने शेर बहादुर डिसीले निर्देशन गरेका हुन ।