निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’ का नायक सिपी लोहनीको सोमबार निधन भएको छ । लोहनीको आज मध्यान्ह १ः३० बजे मृत्यु भएको हो ।
विगत ६–७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् ।
उनको पार्थिक शरिरलाई आज ३:३० बजे आर्यघाट पुर्याइने बताइएको छ ।