क्यानडा निवासी सफल ब्यवसायी तथा गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार गीतमा गायिका रचना रिमाललाई बुद्धि अधिकारीले स्वरमा साथ दिएका छन् ।
राजकुमार बगरको शब्द,संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसमा चर्चित टिकटकर उषा उप्रेती,सुरेश कोहलीको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सफल ब्यवसायी बुद्धि अधिकारीको निर्माण रहेको भिडियोमा अजय रेग्मीको छायांकन,अमृत चापागाईंको सम्पादन छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।
गायक बुद्धि अधिकारीले आफ्नो अफिसियल युटुब च्यानल बुद्धि अधिकारी अफिसियल बाट सार्वजनिक भएको छ । पहिलो गीत पोखरामा जसरी श्रोताले मन पराएका थिए त्यसैगरी यो गीतलाई श्रोता तथा दर्शकले रुचाउने विश्वास गायक अधिकारीले लिएका छन् ।