Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

जन्मदिनमा हेर्नुस् हरिहरको ‘ह्रस्व दीर्घ’ लुक्स

ह्रस्व दीर्घ’ सिनेमाले आफ्ना प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ। हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ। एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्। सिनेमा असोज ११ गते रिलिज हुनेछ।

यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो। प्रेमकथा रहेको यो सिनेमाको तेस्रो चरणको छायांकन बाँकी छ। बाँकी छायांकन मुम्बईमा हुनेछ । सिनेमाका निर्देशक चन्द्र पन्त हुन्। अभिनेता हरिरहर अधिकारीको कथा रहेको सिनेमामा कविरलालको छायांकन छ।

अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो सिनेमामा रहनेछ।