Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अशोक दर्जी चलचित्रको मुख्य भूमिका, टंक बुढाथोकीले बनाउँदै नयाँ चलचित्र

बालगायक अशोक दर्जी मुख्य भूमिका देखिने गरि चलचित्र ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बन्ने भएको छ । सङ्गीतकार टंक बुढाथोकीले सो फिल्म बनाउने घोषणा गरेका हुन् ।

फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन् । छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् । फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् । अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाई छ ।

vb.jpg

एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ । यही गीतको बोल ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको हो । 

अशोकलाई लिएर आफ्नो विषयमा बजारमा विभिन्न भ्रम छन् । त्यो चिर्ने गरेर फिल्म बनाउने टंकले बताए । फिल्म निर्माणमा टंकलाई लण्डन निवासी एनआरएन विनय अधिकारीले साथ दिनेछन् ।