Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गजलकार सरोज संगमको गजलले बविना भट्टराईलाई ‘चञ्चल’ बनाएपछि... (भिडियोसहित)

चर्चित गजलकार सरोज संगम रावलको गजल चञ्चल सार्वजनिक भएको छ । गजल  ‘चञ्चल’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर र संगीतमा सार्वजनिक भएको हो ।

उक्त गजलको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीेले उक्त गजल रेकर्ड गरेका हुन् ।

जस्केलो क्रियशनद्धारा निर्माण गरिएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई वाद्यबादकको समुह संग आफै फिचर्ड छिन् । उक्त गजलको गीत बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सर्वजनिक भएको छ ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी‘’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।

संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गजल
नसोधेर  दिलमा, सजायौ  तिमीले  
शान्त मन चञ्चल बनायौ तिमीले

कोही सामु आएन, रित्तो घडाको,
कदम के रहरमा, बढायौ तिमीले

तिमीबाट छुट्टिन्छु, अत्यास लाग्छ,
टुना यो कसरी, लगायौ तिमीले

तिमी बस्ने दिल हो, भुल्यौ कि त सायद,
छुरा फेरि  दिलमै, चलायौ   तिमीले

निर्दोश मन राख्न, सकिएन बसमा,
सीमा  धीरताको,  ढलायौ तिमीले ।

भिडियो हेर्नुहोस्