Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायक दिप्स लावतीको 'रमाइलो साँझमा' सार्वजनिक (भिडयोसहित)

गायक दिप्स लावतीको 'रमाइलो साँझमा' सार्वजनिक भएको छ । अमेरिकामा बसोबास गरेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिई रहेका गायक दिप्स लावतीले भुटानी शणानार्थीको मिलन र बिछोडको याथार्थलाई समेटेर मेमोरी-२ अडियोरभिडियो दिप्स युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन्  । 

जस्मा आफनै शब्द/संगीत र आवाज रहेको छ । संगीत संयोजक क्षितिज कुलुङको रहेको छ भने भिडियोमा आलोक वाईवा, बिनिता मगर, सुशन राई, तेज तामाङ, सुदीप तामाङ, भाले डन र बालकलाकार सोनाम तामाङ, संगम तामाङ र जेनिशा तामाङको अभिनय रहेको छ ।

सुप्रिम तामाङको निर्देशन रहेको छ भने मेकअप आर्टिस्ट जुन राई, छायांकन निर्मल सुब्बा र कैलाश लोहोरुङ रहेको छ । भिडियो सम्पादन श्रीजन कुलुङले गरेका छन। पोस्ट प्रडक्शन मुर्छाना एकाडेमीले गरेका छन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो: