Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सलमान खानको घरबाहिर गोली चलेपछि...

बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ । 

आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो । फायरिङ लगत्तै प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

 मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको छ, घटनाको अनुसन्धान हुँदैछ ।’