Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

विशाल भण्डारी भन्छन्, ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साताआघि आफू र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्: जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भई दिन्छ । यी सबै भोगाई र सिकाइको क्रम हो । दुई साताअघि म र मेरो टिमले गरेको गल्तीले म, ब्ककष्तबलत म्ष्चभअतयच र ःभलतयचक र ऋयmभमष्बल कार दुर्घटनामा पर्‍यौं र ऋयmभमथ ऋजबmउष्यल क्भबकयल घ को प्रसारण रोकियो । अहिले हामी सबै म्ष्कअजबचनभ भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घटनाले हामीलाई र विशेष गरी मलाई धेरै कुरा सिकाएको छ र झकझकाएको छ ।


आगामी दिनमा गल्ती कमजोरीलाई संस्थागत सुधार गर्दै त्जचभभ एचयमगअतष्यल टिमको सम्पूर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको ऋयलतभलत बनाउनमा खर्च गर्ने प्रण गर्दै आजदेखि ऋयmभमथ ऋजबmउष्यल को प्रशारणलाई निरन्तरता दिदैछौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवश्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।

यहि चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।