Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

काठमाडौंमा बढ्न थाल्यो डेंगी संक्रमण

काठमाडौंमा गर्मीयामसँगै डेंगी संक्रमण बढ्न थालेको छ । काठमाडौंमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स)को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौंमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ । बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् ।

सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगी पुष्टि भएको इडीसीडीले जनाएको छ ।