Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा काठमाडौंमा लोजिमा प्रदर्शन, २ हल हाउस फुल

उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा चलचित्र लोजिमाको भब्य रुपमा बिग मुभिज सेन्टरमा कमल पोखरी काठमाडौंमा विशेष प्रदर्शन भएको छ । चलचित्र लोजिमाको जीवन्त प्रेम कथा र लिम्बु भाषा सस्कृतीको संरक्षण र यसको प्रवद्धनमा चलचित्रले दिन खोजेको संदेश आफुलाई मन परेको उप सभामुख इन्दिरा रानाले बताए ।

आफु लिम्बु समुदायसंग सानैदेखि नजिक रहेको र लिम्बु समुदायको भाषा सस्कृतीसंग पनि नजिक रहेको भन्दै उपसभामुखले बिगतको केहि रमाइलो स्मरण सुनाए । दर्शकहरुको उल्लेखनीय उपस्थितीले बिग मुभिजको २ वटा हल हाउस फुल भएको थियो। हलमा खचाखच दर्शकहरुले चलचित्र लोजिमा लाई पछिल्लो समय निर्माण भएको चलचित्रमा उत्कृस्ट भन्दै उत्साह जनक सकारात्मक प्रतिक्रिया दिएको पाइयो ।

सांस्कृतिक एवं सामाजिक कथावस्तुमा निर्मित यस चलचित्रमा प्रेम मिलनको रोमाञ्चकतादेखि वियोगको कारुणिकतासम्मका घटनाहरुलाई गहिरो ढङ्गबाट प्रस्तुत गरिएको जानकारी गराउँदै निर्देशक सुब्बा भन्छन् ‘चलचित्र हेरिरहँदा दर्शकहरु कहिले रोए, कहिले हाँसे। धेरै सकारात्मक प्रतिक्रियाहरु आएका छन्।

सिक्किमका दर्शकलाई जस्तै अन्य ठाउँका दर्शकलाई पनि ‘लोजिमा’ मन पर्ने छ भन्ने कुरामा हामी अझ बढी ढुक्क भयौं। यो प्रीमियरबाट मेहेनत सफल भएको हामीलाई लागेको छ ।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् । चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् । 

‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा भाषाको चलचित्र ‘कुसुम’ को निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको ख्यातिलाई यस चलचित्रले अझ उचाईमा लाने देखिएको छ । सागर सुब्बाको कथारनिर्देशन रहेको यस चलचित्रको पटकथा र संवाद सागर केरुङ्ले लेखेका हुन् ।

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् । अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो ।

चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनुपर्दछ भन्ने कुरामा आफू सचेत रहेको निर्देशक सागर सुब्बाले बताएका बताए ।