Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप तथा गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको पनि डिभोर्स भएको हो । 

नेपाल आइडल सिजन एकको फस्ट रनरअप भएपछि चर्चाको शिखरमा पुगेका गायक भट्टराईले चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । 

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

निशान र ऋचाले २०७७ सालमा कानूनी विवाह गरेका थिए । केही दिन पहिले मात्रै गायक राजेश पायल राईको महँगो डिभोर्सको चर्चा अझै सेलाएको छैन् ।