Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अभिनेत्री पूजा शर्माको शल्यक्रिया, कस्तो छ स्वास्थ्य अवस्था?

अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।

उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पेटको शल्यक्रिया गरिएको हो । उनले सामाजिक सञ्जालमार्फत् शल्यक्रिया गरिएको जानकारी दिएकी छन् ।

मेडिसिटी अस्पतालमा आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ। ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु,’ पूजाले लेखेकी छन्, ‘अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो।’

उनले लेखेकी छन्, ‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद। तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ। म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन्। सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस्। आमेन।’