गायक रवि ओडविरुद्ध बलात्कारको जाहेरी भएपछि पक्राउ पुर्जी जारी भएको छ । नेपाल आइडल सिजन–२ का विजेतासमेत रहेका रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले ३/४ दिन दिन अघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी बताइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्।
उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ। श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ।