Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ सार्वजनिक

श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ ।

पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन सुमन तामाङले गरेका हुन् । 

भिडियोमा लुइँटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तिर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ ।

भिडियो सम्पादन हेमन तामाङले गरेका हुन् । लुइँटेलले यसअघि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् ।