Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी कागज गरेर छुटे, घाइतेको उपचार गर्ने

भक्तपुरको जगातीमा कार दुर्घटनापछि पक्राउ परेका कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

दुर्घटनामा परी घाइते कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो । भण्डारीसहित कारमा एक महिला र अन्य पाँच जना पुरुष थिए । उनीहरू सवार कार भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको थियो । निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन् ।

बस्यालको परिवारसँग मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । बस्यालको अहिले पनि उपचार जारी छ । उनको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए । प्रहरी अनुसन्धानमा उक्त कार निर्देशक भण्डारीले नै चलाएको खुलेको छ । उनले मापसे गरेको अवस्थामा कार चलाएको खुल्न आएको केसीले जानकारी दिएका छन् ।