Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

मुन प्रसाईं (जुनु) को स्वरमा “जिवन यो हाम्रो” सार्वजनिक (भिडियोसहित)

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक भएको छ । वास्तवमा माँयाले नै संसार चलेको छ । माँया शब्द कस्को लागी प्यारो नहोला र? माँयाले नै यो संसार चलेको छ । माँयाले कोही कसैलाई जिवन दिन सक्छ र घृणाले अरुलाई मनोबल घटाउछ ।
 

माँया नपाएर कोही कसैले अकाल्मै आफ्नो ज्यान गुमाएका घट्नाहरु दिनानुदिन सामाजिक सञ्जालमा आईरहेका पनि छन् । माँया एक अर्काको विश्वास, भरोसा, सम्बन्ध, सामिप्यता अनि आत्मियताको परिपुक हो । माँया विना केही पनि सम्भव छैन । सोही कुरालाई मध्यनजर गर्दै सकारात्मक सन्देश दिनका लागी यो गीत सार्वजनिक गरको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

“जिवन यो हाम्रो” नामक गीतमा मुन प्रसाई (जुनु) को स्वर रहेको छ भने डा. बिष्णु ईङनाम (लिम्बु)को शब्द, बिशान मुकारुङको संगीत रहेको छ । यस गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायांकन तथा सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बु सोदेम्बा रहेका छन् ।

 उक्त गीतको भिडियोमा मुन प्रसाई (जुनु) र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजम अतिथी कलाकारको रुपमा देखा परेका छन् ।
 

हेर्नुहोस् भिडियो ।