वार्ता टोली संयोजक अवधेश कुशवाह पनि पक्राउ
बालुवाटार परिसरमा आन्दोलनरत मिटरव्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र १० जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।
मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।
प्रधानमन्त्री निवासको ३ नम्बर गेट आसपासमा नाराबाजी गरिरहेका उनीहरूलाई पक्राउ गरिएको हो प्रहरीले जानकारी दिएको छ।