Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सरकारमा अन्य दललाई पनि समेट्ने नयाँ गठबन्धनबीच सहमति

आज सोमबारदेखि सत्तारूढ भएका प्रमुख चार दल अन्य दललाई पनि सरकारमा सहभागी गराउन सहमत भएका छन् । नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल गठबन्धनप्रति सकारात्मक अन्य दललाई नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् ।

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनमा समेटने निर्णय गरेपछि बसेको प्रमुख चार दलको बैठकमा सो सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।


‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्री ज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन,’ प्रधानमन्त्रीका स्वकीय सचिव मल्ले भने ।