Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्री पदबाट मुक्त भएपछि कांग्रेसका धनराज गुरूङले छाडे सरकारी निवास

प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेपछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।

राजीनामा पनि नदिने भन्ने अडानमा रहेकामध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहदाँ कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन् ।


‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नु पर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४ः३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु । सबैलाई धन्यवाद ।’