कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ गठबन्धनबारे आफू सकारात्मक भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् । तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए । नयाँ राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिदैँ उनले भने 'मुख्यमन्त्रीमा दाबी भन्दा पनि मुख्यमन्त्री पद हामीले पाउनुपर्छ।'