प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको लागि पहल गरेको बताएका छन्। सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका प्रधानमन्त्री प्रचण्डले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए ।
‘हामी शहीदप्रति उच्च सम्मान प्रकट गर्छौ,’ प्रचण्डले भने, ‘हामी आजको मितिदेखि नै कम्युनिस्ट दलबीच एकताको लागि थप पहल गरेका हौं ।’ माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरूसँग भेट गरेका थिए ।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको लागि पहल गरेको बताएका छन्। सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका प्रधानमन्त्री प्रचण्डले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए ।
‘हामी शहीदप्रति उच्च सम्मान प्रकट गर्छौ,’ प्रचण्डले भने, ‘हामी आजको मितिदेखि नै कम्युनिस्ट दलबीच एकताको लागि थप पहल गरेका हौं ।’ माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरूसँग भेट गरेका थिए ।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो ।