Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

आजैदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ - प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको बताएका छन् ।

सोमबार बिहान  सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँगको भेटमा सो कुरा बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ ।’

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरू विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।

कम्युनिस्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ ।