राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ ।
सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको हो ।
रास्वपाले सरकारमा कति सिट लिने र क-कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ।
वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।
भिडियो: