Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

ज्याकी भगनानीको बेहुली बनिन् रकुल प्रीत सिंह

बलिउड अभिनेत्री रकुल प्रीत सिंहले अभिनेता ज्याकी भगनानीसँग विवाह गरेर जीवनको नयाँ सुरुवात गरेकी छिन् ।

फिल्म ’यारिया’ बाट बलिउडमा डेब्यु गरेकी रकुल प्रीत सिंहलाई आज कुनै पहिचानको आवश्यक छैन । आफ्नो करियरमा उचाइमा पुगेपछि उनले २१ फेब्रअरीमा गोवामा ज्याकी भगनानीसँग विवाह गरेर जीवनको नयाँ सुरुवात गरेकी हुन् ।

बिहेपछि रकुल आफ्नो पतिसँग नयाँ घरमा सिफ्ट हुनेछिन् । बलिउड फिल्ममा आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएकी रकुल मुम्बईमा एक आलीसान घरको मालिक भएपनि आफ्नो पतिको घरमा सिफ्ट हुन लागेकी हुन् ।