Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

के तपाईंलाई थाहा छ? विहान खालीपेटमा पानी पिउँदा के-के फाइदा हुन्छ?

दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनु स्वास्थको लागि फाईदाजनक हुन्छ। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वास्थ बनाउँछ। विहान पानी पिउनाले हुने फाईदाहरु यस प्रकार रहेका छन्।

dranking-water.jpg

जानी राखौँ ।

१) विहान पानी पिउनाले भोक नलाग्ने समस्या कम हुदैँ जान्छ र पाचन प्रणाली राम्रो हुदैँ जान्छ।

२) विहान खाली पेटमा पानी पिउनाले शरीरमा रगतमा मात्रा सन्तुलनमा आउँछ। र पेट पनि सफा गर्ने काम गर्छ।

३) कब्जियतको समस्या भएमा पनि खाली पेटमा पानी पिउनु पर्छ। 

४) पर्याप्त पानी पिउनाले हाड जोर्नीको दुखाई कम हुनुका साथै हड्डी मजबुत बनाउन सहयोग गर्छ।

५) छालामा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनु पर्छ। 

६) अत्याधिक पानी सेवनले छाला चम्काउन र शरिरको तौल कम गर्न समेत मद््दत गर्छ। 

७) पानीले शरिरको विभिन्न रोगसँग लड्न शक्ति प्रदान गर्छ।  

८) मांशपेशरु तन्दुरुस्त बनाउन र थकाई मेटाउन पनि पानीको पिउन आवश्यक हुन्छ।