शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

    विराटनगर । मोरङको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १० वर्षीया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ ।

    दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट ओच्छ्यानमा बेहोस रहेकी १० वर्षीया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो । 

    बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिनेतर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको चिकित्सकले बताएका छन् ।

    images

    ‘बिरामीको बुबा आमाले विरामीको अवस्थाको कारण आश मारिसकेका थिए’ उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा.डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याइएको थियो ।

    आर्थिक अवस्था कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावकसँग छलफलपछि बिरामीको उपचार थालिएको थियो ।

    बिरामीको उपचारमा अस्पतालबाट छुट उपलब्ध गरिएको उनले बताए । शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीका अनुसार बालिकाको शरीरको अंग चलाउने दिमागको भागमा ठूलो ट्यूमर पलाएको कारण शरीरको देब्रे भाग कमजोर भएको थियो । 

    शल्यक्रियापछि विरामीको अवस्था ठिक भएको छ । देब्रे भाग अहिले अलि कमजोर भएकाले ‘रिहाविलिटेशन’ चलिरहेको चिकित्सकले बताए । विस्तारै सामान्य अवस्थामा आउने उनीहरुको भनाइ छ । डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखिरहने, उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै न्यूरोलोजी वा न्यूरोसर्जरीका चिकिसत्सकसँग सम्पर्क राख्नुपर्छ ।

    त्यस्ता बिरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुने उनले बताए । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित रहेको भन्दै डा. जोनाथानले न्यूरो सर्जरीको सफलता प्रतिशत ९० देखि ९७ प्रतिशतसम्म रहेको उल्लेख गरे ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार