Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

रेस विसी र रेखा जोशीको देउडा गीत ‘बाजकली दौड’ सार्वजनिक (भिडियोसहित)

चर्चित देउडा गायक रेस विसीको देउडा गीत ‘बाजकली दौड’ सार्वजनिक भएको छ। रेस विसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको देउडा गीत ‘बाजकली दौड’ गायक विसीलाई स्वरमा चर्चित देउडा गायिक रेखा जोशीले साथ दिएकी छन् ।

डोटी जोरायल पुर्खेउली घर भइृ हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्दै आएका गायक विसीले गीतको लय, शब्द र संगीत सृजना गरेका हुन् ।

गीतको भिडियोमा गायक विसी र मोडल झरना बोहराले अभिनय गरेका छन् । गीतको निर्देशक भने रमेश बिजुली विसीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्